काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।
दिउँसो २ बजे भृकुटीमण्डपस्थित नवनिर्मित धारा खोलेर राष्ट्रपति भण्डारीद्धारा उद्घाटन गरिने भएको हो ।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
काठमाडौं उपत्यकामा यही चैत १५ गतेबाट विभिन्न स्थानमा परीक्षणका रुपमा वितरण गर्न थालिएको छ ।
Categorized in राष्ट्रिय