काठमाडौँ । राजधानीबासी मेलम्चीको खानेपानीे पर्खाईमा बसेको बर्षऔं भईसक्यो तर पानीे आउने अझै अनिश्चित छ ।
यता मेलम्ची खानेपानी आयोजनाले खानेपानीको पाइप बिछ्याउने काम लगभग सकिएको जनाएपनि पानि आउने विषयमा भने चुचचाप छ ।
मुख्य पाईप लाईन र शाखा पाईप लाईन बिच्छयाउने काम थोरै मात्र बाकी रहेको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । ६१ किलोमिटर लामो मुख्य पाइप लाइनमध्ये ५८ किलोमिटरमा पाइप बिछ्याइसकिएको अवस्था छने शाखा पाईप लाईन ७ सय ८३ मध्ये ७ सय २५ किमि विछ्याईसकेको बताएको छ ।
त्यसैगरी ७० हजार ८ सय ८५ हजार खानेपानीको धारामध्ये ५१ हजार ९ सयभन्दा बढी जडान भइसकेको आयोजनाले जनएको छ । ६ वटा पानी पोखरीमध्ये ५ वटाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको छ ।
खुमलटार, बाँसबारी, महाकाल चौर र बालाजुको पानीपोखरीको निर्माण कार्य अन्तिम चरणमा रहेको छ भने महाराजगन्ज र आरुबारीमा पोखरी निर्माणाधीन अवस्थामा रहेको छ ।
मेलम्चीको पानी उपत्यकामा समानुपातिक वितरणका लागि ४९ हजारभन्दा बढी घनमिटर क्षमताका ९ वटा पानीपोखरी निर्माण हुने आयोजनका अधिकारीले बताएको छ ।
Categorized in राष्ट्रिय