१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मेलम्चीको काम सुचारु गर्न २ बुँदे सहमति


प्रकाशित: मंगलवार, १० असार २०७६, ०९ः३० बजे
- महानगरखवर

काठमाडौं । स्थानीय ठेकेदारसँग मलेम्चीको बाँकी काम गर्न ठेक्का प्राप्त कम्पनीले २ बुँदे सहमित गरेपछि काम सुचारु हुने भएको छ । 


सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति भएपनि स्थानीयले आन्दोलन फिर्ता लिएको छ । 


ठेक्का प्राप्त कम्पनी श्रेष्ठ कन्ट्रक्सन र स्थानीय ठेकेदारविच असार २१ गतेभित्र स्थानीय ठेकदार, सप्लायर्स र आयोजनामा काम गरेका कामदारले पाउनुपर्ने रकम भुक्तानीका बारेमा प्रतिवेदन बुझाउने र आयोजनास्थलमा स्थानीयवासीले अवरोध नगर्ने सहमति भएको हो । 


मेलम्ची खानेपानी आयोजनाको काम छाडेको इटालेली ठेकेदार कम्पनी सिएमसीले रकम भुक्तानी गर्न बाँकी स्थानीय ठेकेदार, सप्लायर्स र मजदुरले आयोजनाको काममा अवरोध गर्दै आएका थिए ।


छलफलबाट सिन्धुपाल्चोकका जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलले उनीहरुले पाउनुपर्ने भुक्तानीका बारेमा प्रतिवेदन तयार गर्नेछ । 


असार २१ भित्र माग सम्बोधन नभए काममा अवरोध गर्ने स्थानीय सङ्र्घष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठलेले चेतावनी दिएका छन । 


सरकाले मेलम्चीको पानी काठमाडौंमा यही बर्ष भित्र झर्ने नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex