१४ बैशाख २०८१, शुक्रबार
Header

मेरो सफलतमा साथ दिने सबैप्रति आभारी छु – कल्पना महर्जन


प्रकाशित: शुक्रवार, ६ चैत्र २०७७, २०ः३० बजे 
- अजय खड्गी

काठमाडौं । विश्व शिखर सगरमाथा चढ्न सहयोग र साथ दिने सबैप्रति सगरमाथा आरोही कल्पना महर्जनले आभार व्यक्त गरेकी छिन । 


उनले एक भिडियो मार्फत विश्व रेर्कडको प्रमाणपत्र देखाउँदै भनिन,‘मेरो संघर्षको दुःख सुखको समयमा मलाई साथ दिनुहुने परिवार,सम्पूर्ण सहयोगी संघ संस्था, ब्यक्तिहरु साथीहरु तपाइहरुको माया र आशिर्वादको लागि म आभारी छु तपाईहरुको साथले मात्र सम्भव भएको यो वल्र्ड बुक अफ रेकर्डको प्रमाण पत्र तपाईहरु सबैमा समर्पित गर्दछु ।’


पत्रकार समेत रहेकी महर्जनले २०१४ मा पहिलो पल्ट सगरमाथा चढ्ने बला सहयोग गर्नेहरुप्रति पनि आफूले पाएको प्रमाणपत्र डेडिकेट गर्दछु भनेकी छिन । त्यसैगरी उनले २०१८ र २०१९ मा सहयोग गर्नेहरु प्रति सबैमा आभारी प्रकट गरेको छ ।


कल्पनाले २०१९ मा तिब्बतको मोहडाबाट सगरमाथा चढेर सताब्दी पुरुष सत्यमोहन जोशीको फोटो र ललितपुर महानगरपालिका स्थापना भएको सय बर्ष अंकित झण्डा सगरमाथा फरहराउन पाउनु गौरबको विषय भएको र यस अवसर प्रदान गर्ने महानगरपालिकालाई धन्यवाद समेत दिएकी छिन । 


उनले रोटरी क्लव अफ पाटन वेसँग ब्याक टु स्कुल र शान्ति शिक्षा संस्थासँग मिलेर बालविवाह रोक्ने अभियानमा काम गर्न गईरहेको छु र यसमा पनि सबैलाई साथ दिने विश्वास उनले भिडियो मार्फत बताएकी छिन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD