८ भाद्र २०८३, सोमबार
Header

मेरो रिटायरमेन्टको बेला भयोः सभापति देउवा


प्रकाशित: शुक्रवार, २७ भाद्र २०८१, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो रिटायरमेन्टका (अवकास) हुने समय आएको बताएका छन । 


सभापति देउवाले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा सो बताएका हुन । 
‘मेरो एज पनि गयो। हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ,’ सभापति देउवाले भने । 


उनले पार्टीको चिन्ता अब आउने नेताहरूलाई बढी गर्नुपर्ने देउवाले बताउँदै भोलिका दिन चुनौतीपूर्ण र अवसरले भरिएका रहने पनि बताए। त्यसो हुँदा नयाँ आउने नेताहरूलाई दुवैलाई मिलाएर अगाडि बढ्न सुझाव दिएका छन । 


नेतृत्वमा आउने नेताहरूले आजैदेखि काम  गर्नुपर्ने पनि सभापति देउवाले बताए।


कांग्रेस र एमालेको सत्ता समीकरण र डेढ वर्षपछि आफू प्रधानमन्त्री बन्ने सहमति भएपछि पार्टीभित्र उत्साह बढेको देउवाको दाबी छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex