३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मेयर शाक्यले उद्धघाटन गर्ने ईटालियन ब्रमुरले यी सडकहरु सफा गर्ने


प्रकाशित: सोमबार, ११ चैत्र २०७५
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरको सडक सफा गर्ने योजना मंगलवारदेखि व्यवहारिक रुपमा लागु हुने भएको छ । 


महानगर प्रमुख विद्यासुन्दर शाक्यले औपचारिक कार्यक्रमका विच रत्पार्कबाट ब्रमुर (यान्त्रिक कुचो)को उद्घाटन गर्न भएको छ ।


एक साता अघि ईटालीबाट ल्याएको ५ वटा ब्रुमरले राजधानीको कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडीकेल आसपास, लैनचौर, लाजिम्पाटको सडक सफा गर्नेछ ।


त्यसैगरी महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, हात्तिसार, दरबमरामर्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर, भद्रकाली लगायतका क्षत्रेका सडकमा यिनको प्रयोग गरिने महानगरपालिकाले जनाएको छ । 


झण्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले ल्याएका ब्रुमरले टेकुलाई केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोडभित्र सफाइको काम गर्नेछन । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताको छ ।


नयाँ ब्रुमरले दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता राख्छन् । यसमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex