१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मेयर शाक्यद्वारा बागबजार सामुदायिक फिटनेस सेन्टरको उद्घाटन


प्रकाशित: शनिवार, १८ फागुन २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बागजारस्थित सामुदायिक फिटनेस सेन्टरको उद्घाटन गरेका छन । 


शुक्रवार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र परिसरमा आयोजित एक कार्यक्रमविच मेयर शाक्यले फिटनेस सेन्टरको उद्घाटन गर्दै स्वस्थ्य शरिर निर्माणको अभियानमा लाग्न सबैलाई प्रेरित गर्नुपर्ने बताए ।


शाक्यले कुनै पनि काम सानै बाट सुरु गरेर पछि ठुलो हुने भएकोले सामुदायिक फिटनेस सेन्टरको सफलताको शुभकामना दिएका थिए । 


उनले भने, ‘ महानगरपालिकाले आगामी आर्थिक बर्षमा खेलकुदलाई पनि प्राथिकता दिने क्रममा तपाईहरुलाई पनि छलफलमा बोलाउने छु ।’


सो कार्यक्रमा फिटनेस सेन्टरका संयोजक मधुसुदन तण्डुकारले नियिमित व्यायाम गर्नाले शरिर बुढो नहुने, युवा अवस्थाकै जोस हुने, आकर्षक व्यक्तित्व निर्माण हुने लगायत विविध फाईदासँगै स्वस्थ्य जनशक्ति निर्माण गर्ने उदेश्यले फिटनेस सेन्टर सञ्चालनमा ल्याएको बताए । 


कार्यक्रममा बागबजार २८ वडा अध्यक्ष भाईराम खड्गी, सामुदायिक सेवा केन्द्र अध्यक्ष विपेन्द्र खड्गी, स्वछन्द निर्माण प्रा.लि.का मनोज भेटुवाल, २८ वडा पूर्व अध्यक्ष गणेशबहादुर खड्गी? महानगरिय प्रहरी कमलपोखरी प्रहरी बृतका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेल, प्रहरी बृत सिंहदरवारका प्रहरी निरिक्षक भोजराज पाण्डे, २८ वडा सदस्य देवेन्द्र खड्गी, फिटनेस सेन्टरका प्रशिक्षक राजेश श्रेष्ठ लगायतका उपस्थिती रहेको थियो । 


कार्यक्रममा धर्म, संस्कृति, जात्रापर्वका उपसमिति संयोजक होमप्रसाद खड्गीले कार्यक्रमा सहभागी सबैलाई स्वागत गरेका थिए भने सामुदायिक महासचिव कमरुद्धिन मियाँले कार्यक्रम सञ्चालन गरेका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex