२० बैशाख २०८१, बिहिबार
Header

मेयर शाक्यद्वारा किलागल महोत्सवको अवलोकन


प्रकाशित: आईतबार, १ मंसिर २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले ‘भिंतुना सनिल – ११४० (शुभकामना साँझ) तथा किलागल महोत्सव’ को अवलोकन गरेका छन । 


शनिवार मेयर शाक्यले सो महत्वको अवलोकन गर्दै काठमाडौं महानगरपालिका क्षेत्रभित्र भएका मूर्त अमूर्त सांस्कृतिक सम्पदा पर्यटन पूर्वाधारका लागि महत्वपूर्ण आधार भएको बताए । 


काठमाडौ महानगरपालिका वडा १८ ले आयोजना गरेको उक्त महोत्सव किलाघः देखि नरदेवीसम्मको करीब २०० मिटर सडकमा सञ्चालन गरेको थियो । 


मेयर शाक्यले सो यस आ. व. २०७६÷०७७ मा लाई ‘सम्पदा संरक्षण तथा सम्बर्धन र पर्यटन प्रवर्धनका लागि पूर्वाधार बर्ष’ का रुपमा लिएका बताउँदै भित्री वडाहरुको महत्वपूर्ण योगदान रहेका बताए । 


वडाको किलाः घः मा गएको आर्थिक बर्ष २०७५÷०७६ को वजेटवाट पुननिर्माण गरिएको पीगं अजिमा मन्दिर, नासः चुकमा, मलामी गुठी भवन र डाँछी ईटाको पर्खाललगायत सांस्कृतिक सम्पदाको उद्घाटन गरिएको थियो । 


उक्त अवसरमा वडाध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक न्हुच्छेकाजी महर्जनले वडाबाट थालनी गरिएको महोत्सव सहरभरि प्रबर्धन गर्दै लगिने योजना सुनाएका थिए ।  


पर्व र समय बिशेष प्रदर्शन हुने नाच तथा बाद्यबादन, चालचलनलाई अभिलेखीकरण गर्ने, सम्पदा मार्गलाई व्यवस्थित गर्ने कामबाट पर्यटन प्रवर्धन गरेर स्थानीयबासीको आयमा वृद्धि गर्ने रणनीतिअनुसार काम भइरहेको वडा अध्यक्ष महर्जनको भनाई रहेको छ । 
वडा १८ ले गएको बर्ष भुरुङ्गखेलर त्यस अघिको बर्ष नेटपाचोमा यसै प्रकारको महोत्सव आयोजना गरेको थियो । यस बर्षको महोत्सव तेश्रो महोत्सव हो ।


यो किलागलदेखि नरदेवीसम्मको करीव २०० मिटर सडकमा चलिरहेको छ । महोत्सवमा अमूर्त सम्पदाहरुका संरक्षक गुठीहरुले मौलिक बाजा प्रदर्शन, बाद्य शैली तथा नृत्य प्रस्तुत गरिरहेका छन । महोत्सव सञ्चालनका लागि परम्परागत ङत त्वाः, किलाघः त्वाः, त्यंग त्वाः, त्यंग कुमा खलः र ङत तुलाधर समितिको संस्थागत सहभागिता छ । त्यस्तै वडामा बसोबास गर्ने कलाकारहरुले कला प्रस्तुतिमा सघाएका छन ।


महोत्सव सञ्चालनका लागि वडासँगै महानगरको सम्पदा तथा पर्यटन विभागमार्पmत खर्चको व्यवस्था मिलाइएको छ । कार्यक्रमको व्यवस्थापन किलाघः त्वाः र किलाघः त्वाः मिसा पुचःले गरेका छन । 


किलाघः टोल सुधार समितिले स्वयम्सेवक खटाएको महोत्सवलाई सिभिल बैंक, सिद्धार्थ बैंक र नेपाः व्याङ्क्वेटले सहयोग गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD