१६ चैत्र २०८०, शुक्रबार
Header

मेयर शाक्यद्वारा असनमा नेवाः फुड फेस्टिभलको शुभारम्भ


प्रकाशित: शनिवार, १२ पुष २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दुर शाक्यले असनमा नेवाः फुड फेस्टिवलको शुभारम्भ गरेको छ । 


शनिवार आयोजित एक दिने फुड फेस्टिभलको उद्घाटन गर्दे मेयर शाक्यले काठमाडौंको मौलिकता भनेको सम्पदा, संस्कृति, नेवाः संस्कृति र पहिचान भएको बताए । 


प्राचीन महत्व बोकेका मठ मन्दिर, बहाल बहिल तथा चोकजस्ता मूर्त सम्पदा र बाजागाजा तथा नाचको संरक्षण तथा प्रबर्धनका लागि महानगरले सहयोग गर्ने मेयर शाक्यले प्रतिवद्धता जनाए । 


असनको ऐतिहासिकता प्रवर्धन गर्न उदेश्यले नेपाल संवत न्हुँद राष्ट्रिय समारोह समितिको आव्हानमा कामपा २७ वडा र असन सेवा समितिको संयुक्त आयोजनामा उक्त फेस्टिभलको आयोजना गरिएको हो । 


‘नेपा या, म्हसीका, नेपा या गौरव, राज्यं हे छ्यलेमा नेपाल संबत (नेपालको पहिचान र गौरव भएको नेपाल संबत सरकार आफैंले सञ्चालन गर्नुपर्छ)’ नारासहित असन चोकमा महोत्सव चलाइएको थियो । 


महोत्सवमा यमरी, बारा, मःम, छोइला, कचिला, सफुमिचा, चोही, बः लगायत परम्परागत नेवारी खाजाका स्टल, नेवारी साहित्य, सृजना र संस्कृति सम्बन्धि पुस्तकका स्टलहरु राखिएका छन ।


त्यसैगरी  महोत्सवमा नेपाल लिपि गुथिले रञ्जना क्लालिग्राफी अभियान सञ्चालन गरेको छ भने परम्परागत नाच र गायन गरी ३० वटा प्रस्तुति पनि राखिएका छन ।


सो अवसरमा नेपाल संवत न्हुँद राष्ट्रिय समारोह समितिका संयोजक रमेश महर्जन, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ,  कवडा सदस्य नरेश महर्जन लगायतले आ–आफ्नो मन्तव्य राखेका थिए । 

 

 

 

 

 

 

तस्वीरहरुः रमेश शाक्य

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD