८ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

मेयर कप बुद्धिचाल प्रतियोगिता जेठ ३ बाट, विजेताले ३० हजार पाउने


प्रकाशित: मंगलवार, ३१ बैशाख २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । मेयर कप उमेर समुह बुद्धिचाल प्रतियोगिता जेठ ३ गतेबाट प्रारम्भ हुने भएको छ । 


काठमाडौँ महानगरपालिका–२४ को आयोजना तथा मखन चेस क्लबको व्यवस्थापनमा पहिलो संस्करणको सो प्रतियोगिता जेठ ५ गते सम्म चल्ने आयोजकले बताएको छ । 


प्रतियोगितामा बाह्र वर्षमुनी (यू–१२) को छात्र तथा छात्रा र यू १६ बुद्धिचाल हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । 


प्रतियोगितामा छात्रछात्रा दुवै उमेर समुहका विजेता खेलाडीले रु ३० हजार तथा उपविजेताले रु १५ हजार पुरस्कार पाउनेछन । 


त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्नेले रु १० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा करीब १५० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex