१३ बैशाख २०८१, बिहिबार
Header

मेडिसिटीका डाक्टर बलात्कार प्रयासको आरोपमा पक्राउ


प्रकाशित: सोमबार, ९ मंसिर २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । मेडिसिटीका डाक्टर रोहितप्रसाद झा बलात्कारको आरोपमा पक्राउ परेका छन । 


प्रहरीले डाक्टर झालाई सोमबार पक्राउ गरी जाउलाखेलस्ति प्रहरी हिरासतमा अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । 


डा. झाले आईतबार होल बडि चेकअपका लागि गएका कीर्तिपुरका कमला (नाम परिवर्तन) गरेकी युवतीलाई बलात्कारको प्रयास गरेको आरोप छ । 


युवतीले प्रहरीमा दिएको लिखित उजुरीमा डाक्टर झाले संवेदनिश अंग छातीमा हात राखेपछि आफू चिच्चाएर बाहिर आएको उल्लेख गरेकी छिन ।


तर डाक्टर झाले भने उक्त आरोपको प्रतिवाद गरेका छन । 


ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईकाअनुसार सोमबार पक्राउ गर्दा कार्यालय समय सकिएकाले मंगलबार अदालतमा उपस्थित गराएर म्याद लिई विस्तृत अनुसन्धान गर्ने प्रहरी तयारी छ ।


प्रहरीका अनुसार डा. झालाई मु्लुकी अपराधसंहिताको दफा २१९ को उपदफा ३ को (ङ) बमोजिम जबरजस्तीकरणी उद्योग र दफा २२३ को कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुने कसूरमा मुद्दा चल्न सक्छ ।


पहिलो कसूरमा १८ वर्षभन्दा बढी उमेरकी महिला भएकाले ७ देखि १० वर्ष कैद सजाय हुनसक्छ । तर, दफा ३४ को ३ मा कसूरको उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधा मात्र सजाय हुने भनिएको छ । यस अनुसार ३ वर्षदेखि ५ वर्षको कैद सजाय हुनसक्छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD