काठमाडौं । माछापोखरी सपिङ सेन्टरको ५ औँ तलामा रहेको मेघा ड्रिङग बहुउद्धेश्यीय सहकारी संस्थाबाट मंगलबार नगद ७ लाख र २ वटा टिभी चोरी भएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका – १६ स्थित सो सपिंग सेन्टरमा कोही नभएको अवस्थामा नगद र सामान चोरी भएको हो ।
चोरहरूको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Categorized in समाज