१४ बैशाख २०८१, शुक्रबार
Header

मेगा बैंक ‘बैंक अफ दि इयर २०१९’ अवार्ड बाट सम्मानित


प्रकाशित: शुक्रवार, १३ मंसिर २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । मेगा बैंक नेपाल ‘बैंक अफ दि इयर’– २०१९ अवार्ड बाट सम्मानित भएका छन । 


विहिवार साँझ बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्स्ले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ ले सन २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको बैंकले जनाएको छ ।


मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि एयर, २०१९’ को सम्मान ग्रहण गरे । 


बैंकका अध्यक्ष शाहले सम्गान ग्रहण गर्दै भने,‘ग्राहकवर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि महत्वपूर्ण कोसेढुङ्गाको रुपमा स्थापित भएको छ ।’ 


मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले पनि बैंकले छोटो समयमै गुणस्तरीय सेवा तथा सेवाहरु प्रदान गरेर ग्राहकको सेवामा लागेकै कारण उक्त उपाधि प्राप्त सफल भएको धारणा राखिन । 


मेगा बैंकका १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु तथा २,५०० भन्दा अधिक मेगा रेमिटका प्रतिनिधिहरु रहेका छन ।


‘दि बैंकर’ ले विश्वभरका १२० भन्दा बढी राष्ट्रहरुका १ हजार भन्दा बढी बैंकहरु मध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ ।  


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD