१६ चैत्र २०८०, शुक्रबार
Header

मेगा बैंकसँग मलेसियाको प्लासिड एक्सप्रेसँग रेमिट सम्झौता


प्रकाशित: शुक्रवार, ६ बैशाख २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । मेगा रेमिटको सञ्जाललाई विश्वभर फैलाउने क्रममा मेगा बैंक र मलेसियाको प्लासिड एक्सप्रेस कम्पनीबीच रेमिट सम्झौता भएको छ । 


रेमीट्यान्स कारोबारसम्बन्धी भएको यस सम्झौताले मलेसियाबाट छिटो, छरितो र सहज रुपमा नेपालमा रेमीट्यान्स भित्र्याउन सकिन बैंकले जनाएको छ । 


सम्झौतापछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरु थप लाभान्वित हुने मेगा बैंकको विश्वास छ । 


मलेसियाका साथै प्लासिड एक्सप्रेसमार्फत अमेरिका, बेलायत र इटालीबाट पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था मिलाइएको छ । 


यसअघि मेगा बैंकले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया, कुवेत, यूएई, भारत लगायतका देशमा रेमिट्यान्स सेवा विस्तार गरिसकेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD