५ जेठ २०८१, शनिबार
Header

मेगा बैंकले चार नगरपालिका र १४ गाउँपालिकामा एकै पटक शाखा सञ्चालनमा ल्याए


प्रकाशित: आईतबार, २० माघ २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौँ । मेगा बैंक लिमिटेडले स्थानीय तहको चार नगरपालिका र १४ गाउँपालिकामा एकै पटक शाखा सञ्चालनमा ल्याएको छ । 


बैंकले तनहुँकको भानु, रुपन्देहीको सैनामैना, सिरहको लहान र स्याङजाको भीरकोट नगरपालिका शाखा खोलेको छ । 


त्यसैगरी धादिङको त्रिपुरासुन्दरी, गोरखाको भीमसेन, सिन्धुपाल्चोकको हेलम्बु, इन्द्रावती र पाँचपोखरी, सर्लाहीको रामनगर, सिराहाको विष्णुपुर, धनुषाको लक्ष्मीनियाँ, पाँचथरको कुमायक, इलामको रोङ, ओखलढुंगाको खिजिदेम्बा, उदयपुरको रौतामाई, बर्दियाको गेरुवा, प्युठानको ऐरावती गाउँपालिकामा शाखा खोलेको बैंकले जनाएको छ । 


बैंकले जारी गरेको विज्ञप्तीमा प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलेली ग्रामिण भेगका जनतालाई बैंकिक सेवा सहज होस भन्ने उदेश्यले शाखाहरु सञ्चालनमा ल्याएको बताएकी छिन । 


अब बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएमको सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३ सयभन्दा बढी मेगा रेमिट एजेण्ट सञ्चालनमा रहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD