१३ बैशाख २०८१, बिहिबार
Header

मेगा बैंकको अष्ट्रिलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु


प्रकाशित: मंगलवार, १९ चैत्र २०७५, ११ः०० बजे 
- महानगरखवर

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको छ । 


बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा पहिलोपटक सुरु गरिएको जनाएको छ । 


अष्ट्रेलियाको अजिज फरेक्स एण्ड फाइनान्स कम्पनीसँगको साझेदारीमा मेगा बैंकले अष्ट्रेलियाबाट ‘मेगा रेमीट’ सेवा सुरु गरेको हो । 


यो सम्झौतासँगै अष्ट्रेलियाबाट नेपालमा मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २३ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै रकम पठाउन र भुक्तानी लिन सकिने बैंकले जनाएको छ । 


मेगा बैंकमै खाता भएका ग्राहकहरुका लागि रेमीट सेवा निःशुल्क गरिएको बैंकले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD