४ बैशाख २०८१, मंगलबार
Header

मेक्सिको सिमा बन्द गर्ने ट्रम्पको चेतावनी


प्रकाशित: आईतबार, १७ चैत्र २०७५, ११ः०० बजे
- महानगरखवर

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले मेम्सिकोसँग जोडिएको सिमा बन्द गर्ने चेतावनी दिएको छ । 


राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई रोक्न सीमा बन्द गर्न खोजिएको अधिकारीहरुले बताएको छ ।  सिमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौँ डलरले व्यापार खर्च बढ्ने अधिकारीहरुको भनाई छ । 


मेक्सिकोको नाका भएर अमेरिका छिर्ने आप्रवासीहरूको सङ्ख्यामा वृद्धि भइरहँदा ट्रम्पको पछिल्लो चेतावनी आएको हो । 


मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानवेल लोपेश ओर्बयाडोरले यो विषयलाई लिएर आफू मुठभेडको स्थितिमा नफस्ने बताएका छन । 


विदेशमन्त्री मार्सेलो एब्रार्डले मेक्सिको अमेरिकाको ठूलो छिमेकी भएको र चेतावनीका आधारमा कदम नचाल्ने भन्दै शनिबार ट्वीट गरेका छन । 


अमेरिका छिर्न खोज्ने मानिसहरूलाई रोक्ने काम सजिलो भए पनि मेक्सिकोले त्यसो नगरेको ट्रम्पको तर्क छ । त्यसपछि सो विषयमा ट्रम्पले शृङ्खलाबद्ध ट्वीटहरू गरेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD