काठमाडौँ । भोजपुरमा मृत व्यक्तिको नाममा सामाजिक सुरुक्षा भत्ता खाने तीन जनाविरुद्ध अख्तियार दुरुपयोग आयोगन अनुसन्धानले मुद्दा चलाएको छ ।
भोजपुरको साविक दुम्माना गाउँ विकास समितिका तत्कालीन सचिवस सचिव रेवतीकुमार कोइराला, तत्कालीन कार्यालय सहयोगी टेकबहादुर श्रेष्ठ र अर्का सहयोगी मनिष चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
आयोगका अनुसार मृत व्यक्तिको नागरिकता पेश गरी सामाजिक सुरक्षा भत्ता रकम हिनामिना गरेको भन्ने उजुरीका आधारमा तत्कालीन गाविस सचिव कोइरालाले रु ८३ हजार, कार्यालय सहयोगी श्रेष्ठले रु दुई लाख २७ हजार र अर्का सहयोगी चौधरीले रु दुई लाख ५० हजार बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ ।
आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार उनीहरुले मृत्यु एवं बसाइँसराइ गरिसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता रकम निकासा गरी ती व्यक्तिको फर्जी औँठा छाप लगाई रकम झिकी भ्रष्टाचार गरेको पाइएको छ ।
Categorized in समाज