१० भाद्र २०८३, बुधबार
Header

मृत्यु पुष्टि भएका मध्ये ३८ जनाको पहिचान खुल्यो


प्रकाशित: सोमवार, २ माघ २०७९, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । आईतवार पोखरा विमान दुर्घट्नामा मृत्यु भएकाहरुमध्ये ३८ जनाको पहिचान खुलेको छ । 


चालकदलसहित ७२ यात्रु भएको यती एयलाइन्सको जहाज दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भईसकेको छ । बाँकी अन्यको पहिचान भईरहेको अनुसन्धानमा खटिएका अधिकारीहरुको भनाई छ । 


पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मृतक व्यक्तिहरुको पहिचान गरेका छन । 


मृतक व्यक्तिहरुमा निशान्त आचार्य , संगीता शाही, डाक्टर सुशिल श्रेष्ठ, डाक्टर सोना दिवाकर, रियान पौडेल, सदागत अलि मिया , लक्ष्मी पौडेल, प्रशिद्धि पौडेल, अरूण पौडेल, पूर्णकुमार गुरूङ छन ।


त्यसैगरी, युकोन्जो (कोरियन नागरिक), विजयकुमार गुरूङ, रचना काफ्ले पौडेल, रकि गुरूङ, डा, गणेश थापा, लक्ष्मी परियार , रिता परियार, हरि परियार, एस्मिल गुरूङ, पूजन थापा, सिर्जना होङचेन (एयरहोस्टेस), त्रिभुवन पौडेल(पत्रकार), मोहन प्रकाश श्रेष्ठ, जुरिस लेजिन (रसियन नागरिक), एलिना (रसियन नागरिक), जीवनकला गुरूङ , जमुना शर्मा, शालिकराम आचार्य, डा सुशील र डा सोनाको छोरा, बन्दना सुनार हुन ।


मृतकहरुमा सीता गुरू, निरा छन्त्याल, अनुषा गुरूङ, शिवकुमार गुरूङ, राजु सिंह ठकुरी, अनिल शाही, पास्कल एलेक्स मण्डल (फ्रान्स), कमल केसी (क्याप्टेन) को पहिचान खुलेको छ ।


थप अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन । 

 

तस्वीरः नरेश गिरी/पोखरा

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex