२९ मङ्सिर २०८१, शनिबार
jyapu diwas 1145 AD

मृत्यु पश्चात अगंदान गर्ने दाताको परिवारलाई २ लाख दिने 


प्रकाशित: आइतवार, ९ मंसिर २०८१, १५ः५० बजे
- महानगरखवर

काठमाडौं । मृत्युपछि मानवअंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गरेका छन । 


अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट रकम व्यवस्थापन गर्ने गरी सहमति दिएको मन्त्री पौडेलले बताएका छन । 


‘एउटाको जीवनपछि अरूको जीवन बचाउने कार्यमा यस निर्णयले व्यापकता पाउने आशा गरेका छौं,’ मन्त्री पौडेलले भने ।


यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई थप एक लाख दिने निर्णय गरेको हो । 


अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ र्पुयाएको छ ।


अहिलेको कानूनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्ने बाहेकले अंगदान गर्न पाउँदैनन । तर मृत्युपश्चात दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ । मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरू जिवितलाई प्रत्यारोपण गर्न सकिन्छ ।


देशभर हरेक वर्ष मृगौला प्राप्तिका लागि एक हजार र कलेजो प्राप्तिका लागि ५५ जनाले मानव अंग प्रत्यारोपण केन्द्रमा नाम लेखाउने गरेका छन । 


हाल भक्तपुरको शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा वर्षेनी दुई सय मृगौला तथा २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ ।


हाल एक हजार बढी मृगौला तथा ५५ जना कलेजोका दाता प्राप्तिको प्रतिक्षामा छन । र उनीहरुले मृत्युपश्चात हुने दानमा अधिक निर्भर गर्नु परिरहेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex