१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मुुलुकी अपराध (सहिता)मा संसोधन नभए भाद्र १ गतेबाट विरामी नजाँच्ने


प्रकाशित: सोमबार, २८ साउन २०७५, २०ः३९ बजे
- महानगरखबर

काठमाडौं । सरकारले भाद्र १ गतेबाट लागु गर्न लागेको मुलुकी अपराध (संहिता) मा चिकित्सकमाथि लगाएको सजायको व्यवस्थामा संसोधन नगरे भाद्र १ गतेबाट बिरामी नजाच्ने चेतावनी दिएको छ ।

 
नेपाल चिकित्सक संघले सोमबार पत्रकार सम्मेलन गरी सो चेतावनी दिएको हो । संघले भदौ १ देखि एप्रोन र लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाउने र विरामी नचाँच्ने बताएको छ । 


भदौ १ देखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भए ५ वर्ष कैद र हेलचेक्र्याइँबाट बिरामीको मृत्यु भए त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।


यो व्यवस्थाले उपचारका क्रममा कुनै कारणले विरामीको मृत्यु भएमा डाक्टरहरुलाई फौजदारी अभियोग लाग्ने र जेल जाने अवस्था आएको संघले बताएको छ ।


संघले चिकित्कसको लापरवाही भए नभएको छानविनको लागि विज्ञ समूहको गठन गरि छानबिन गर्नुपर्ने र फैजदारी नभई देवानी कानुनअनुसार कारबाही गर्नुपर्ने माग राखेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex