१४ बैशाख २०८१, शुक्रबार
Header

मुसर्रफलाई सुनाएको मृत्युदण्डको सजाय रद्द 


प्रकाशित: सोमबार, २८ पुष २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । पाकिस्तानी पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई सुनाएको मृत्युदण्डको सजाय रद्द गरिएको छ ।

 
पाकिस्तानको लाहोर हाइकोर्टले मुसर्रफलाई देशद्रोहको आरोपमा दिएको मृत्युदण्डको सजाय गैरकानुनी भन्दै अदालत भंग गरेको हो । 


अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यससँगै मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको हो । 


मुसर्रफले अदालतको फैसलालाई चुनौती दिँदै दिएको निवेदनमाथि अदालतको पूर्ण इजलासले सोमबार बहस गर्दै यो फैसला सुनाएको हो ।


फैसलामा विशेष अदालतको सबै कारबाही रद्द गरिदिएको छ । एडिसनल अटर्न जनरल इस्तियाक ए. खानका अनुसार यो फैसलापछि मुसर्रफलाई सुनाइएको सजाय निस्प्रभावि हुनेछ ।


गत १७ डिसेम्बरमा विशेष अदालतले मुसर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला सुनाएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD