काठमाडौं । भारतको मुम्बईमा होर्डिङ बोर्ड खसेर च्यापिँदा १४ जनाको मृत्यु भएको छ ।
सोमबार अपराह्न आएको वर्षा र तुफानको वेगले मुम्बईको घाटकोपरस्थित समता कोलोनी नजिक एक पट्रोल पम्पसँगै राखिएको विशाल होर्डिङ बोर्ड खस्दा सो दुर्घट्ना हुन पुुगेको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
उक्त घटनामा परी १४ जनाको मृत्यु भएको र ७४ जनालाई जीवितै उद्धार गरिएको छ ।
हुरीबतास र वर्षाका कारण मानिसहरु पेट्रोल पम्पमा ओत लागेका थिए ।
मुम्बईका मुख्यमन्त्री एकनाथ सिन्देले घटनास्थलको निरीक्षण गरेपछि मृतकका परिवारलाई तत्काल ५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन ।
Categorized in अन्तर्राष्ट्रिय