१२ बैशाख २०८१, बुधबार
Header

मुद्दाकै कारण पुननिर्माण खर्च बढ्यो – प्रमुख शाक्य


प्रकाशित: मंगलवार, १० चैत्र २०७७, २०ः२० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका विद्यासुन्दर शाक्यले मुद्दामामिलाकै कारण पुननिर्माणका खर्च बढेको बताएका छन ।


काठमाडौँ महानगरको न्यायिक व्यवस्थाको निरीक्षण गर्न आएका काठमाडौ जिल्ला अदालतका न्याधिश राजुकुमार खतिवडालाई शाक्यले सो कुरा बताएका हुन । 


शाक्यले भने,‘अदालतमा मुद्दा परेका कारण रानीपोखरी पुननिर्माणको लागत करीब ६ करोड धेरै लाग्यो । ३ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न हुने लगन पार्कको लागत बढेर करीव ५ करोड रुपैयाँ पुग्ने अवस्था छ । महानगरले अघि सारेको १ अर्व २० करोड लागतको परियोजना रोकिएर त्यही काम गर्न २ अर्व खर्च लाग्ने भइसक्यो । यसमा ८० करोडको फरक हुन्छ । कमलपोखरीको विवादले लागत बढेको बढेकै छ ।’ 


विकास अल्मल्याउन अदालत जाने बढ्दो चरित्रले समृद्धिमा पुग्न बाधा गरेको महानगर प्रमुख शाक्यले बताए । सो अवसरमा न्यायाधीश खतिवडाले उच्च अदालत र सर्वोच्च अदालतका न्यायाधीशहरु जिल्ला अदालतको निरीक्षणमा आउँदा प्रमुख शाक्यको भनाई राख्ने बताएका थिए । 


निरिक्षणको क्रममा न्यायाधीस खतिवडालाई महानगरका न्याय प्रशासक सुमन अधिकारीले चालु आर्थिक बर्षको अहिलेसम्म प्रमुख हेर्ने प्रकृतिका दर्ता भएका ३५ वटा विवादमध्ये २५ वटाको निर्णय भएको तथा यसमध्ये १३ वटा विवादमा जरिवाना आदेश भएको छ । गएको आर्थिक बर्षबाट दायित्व सरेर आएका ११६ वटा विवाद रहेको जानकारी दिएका थिए । 


यसैगरी न्यायिक समितिमा आएका विवाद निरुपण गर्ने प्रकृतिका १३१ वटा विवाद दर्ता भएकोमा २१ वटामा फैसला र ११ वटा कार्यान्वयन भएका छन । 


१०९ वटा विचाराधीन छन भने एउटामा मिलापत्र भएको छ । यसै गरी मेलमिलाप गराउनु पर्ने प्रकृतिका १० वटा दर्ता भएका छन् । यी सबै विचाराधीन अवस्थामा छन् । गएको बर्षबाट दायित्व सरेर आएका विवाद ६१ वटा छन ।


प्रमुख प्रशासकीय अधिकृतको इजलासले हेर्ने १२ वटा विवाद दर्ता भएकोमा ७ वटाको निर्णय र ३ वटाको मिलापत्र भएको छ । गएको बर्षबाट दायित्व सरेर आएका ११ वटा विवाद छन ।


महानगरलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दर्ता गरिएका १४६ वटा मुद्दा÷विवादमध्ये ५ वटा फैसला भएका छन् । २७ वटा मुद्दाको लिखित जवाफ दिइएको छ भने १ वटाको लिखित जवाफ दिन बाँकी छ ।


यसै गरी उच्च अदालतमा ३८ वटा विचाराधीन मुद्दा छन । यहाँबाट २२ वटा मुद्दाको फैसला भएको छ । वादीले एउटा मुद्दा फिर्ता लिएको छ भने ६ वटा मुद्दाको लिखित जवाफ फर्काउन बाँकी छ ।


जिल्ला अदालतमा ३२ वटा मुद्दा विचाराधीन छन । २१ वटा मुद्दाको फैसला भएको छ भने १ वटा मुद्दाको लिखित जवाफ दिन बाँकी छ । यस अदालतमा मिलापत्र गरेर १ वटा मुद्दा फिर्ता भएको छ भने १ जना बादीले मुद्दा फिर्ता लिएका छन ।


महानगरले सर्वोच्च अदालतमा २ वटा, उच्च अदालतमा २ वटा, काठमाडौँ जिल्ला अदालतमा १६ वटा र विभिन्न कार्यालय, महाशाखा र निकायमा १६ वटा मिसिल पठाएको छ ।


निरीक्षणमा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पनि महानगरमा आउने मुद्दाहरु बारे बताएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD