८ बैशाख २०८१, शनिबार
Header

मुगु बस दुर्घट्नामा ३२ जनाको मृत्यु


प्रकाशित: मंगलवार, २६ असोज २०७८, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घट्ना हुँदा ३२ जनाको ज्यान गएको छ । 


मंगलबार दिउँसो पौने २ बजेतिर भएको दुर्घट्नामा घटनास्थलमा २४ जनाको ज्यान गएको थियो भने ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र थप चार जना उपचारको क्रममा नेपलागञ्जमा मृत्यु भएको हो ।


कर्णाली प्रदेश प्रहरी प्रहरीका अनुसार उपचारको लागि पठाइएका १६ जना घाइते मध्येबाट थप चार जनाको मृत्यु भएको हो । 


घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।


३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ ।


दुर्घट्नाको के कारणले भएको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD