८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता, मुख्यमन्त्रीका दावेदार इन्द्र बानियाँ


प्रकाशित: शुक्रवार, ९ साउन २०८२, २०ः०६ बजे
- महानगरखबर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन ।


शुक्रबार संसदीय दलका २१ जना सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन । 


नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अगुवाइमा दर्ता गरिएको उक्त प्रस्तावमा कुल ३७ सांसदहरूमध्ये बहुमत अर्थात २१ जनाको हस्ताक्षर गरिएको छ । 


प्रस्ताव संसदीय दलका सचिव कृष्णकुमार तामाङसमक्ष बुझाइएको हो ।


मुख्यमन्त्री लामाको नेतृत्वमा असन्तुष्टि जनाउँदै कांग्रेसका चार मन्त्रीले यसअघि नै राजीनामा दिइसकेका छन ।  संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका हुन । 


५० प्रतिशतभन्दा बढी सांसदको समर्थन


कांग्रेस विधानअनुसार संसदीय दलको नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न २५ प्रतिशत सांसदको समर्थन आवश्यक हुन्छ । 


तर, यसपटक ५० प्रतिशतभन्दा बढी सांसदको हस्ताक्षर प्राप्त भएकाले अब संसदीय दलको नयाँ नेता चयन प्रक्रिया अगाडि बढ्ने भएको सांसद छिरिङ दोर्जे लामाले जानकारी दिए।


उनका अनुसार अबको बैठक संसदीय दलका सचिवले राख्न सक्ने स्पष्ट व्यवस्था विधानमै उल्लेख गरिएको छ ।


राजीनामा र अबको अविश्वास प्रस्तावलाई बागमती प्रदेशमा कांग्रेसको नेतृत्वमा फेरबदलको संकेतको रूपमा हेरिएको छ । पार्टीसभापति शेरबहादुर देउवाको समर्थनमा बानियाँ पक्ष अगाडि बढेको बताइएको छ ।


इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्रीका दावेदार


लामा नेतृत्वको बहिर्गमन पछि कांग्रेसभित्रबाट इन्द्रबहादुर बानियाँलाई नयाँ मुख्यमन्त्रीको रूपमा अगाडि सारिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व परिवर्तनको लागि निर्देशन दिएको बताइएको छ। देउवाले गत बुधबार लामा र बानियाँ दुवैसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।


वि.स.२०७९ पुस १३ गते सम्पन्न संसदीय दलको नेताको निर्वाचनमा लामा २१ मतसहित विजयी हुँदा बानियाँले १६ मत पाएका थिए ।


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex