८ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ सहित आठ मन्त्रीले लिए शपथ


प्रकाशित: मंगलवार, २० साउन २०८२, २०ः२१ बजे
- महानगरखबर

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँसहित आठ मन्त्रीहरूले आज शपथ लिएका छन ।


मकवानपुरको हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँ र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।

 
संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँलाई प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 


मुख्यमन्त्री बानियाँले गठबन्धन दलहरूसँगको सहमतिमा आठ मन्त्रीको नाम सिफारिस गरेका थिए, जसअनुसार प्रदेश प्रमुखले उनीहरूलाई नियुक्त गरेका हुन । 


एमाले र कांग्रेसबाट मन्त्री


नवनियुक्त मन्त्रीहरूमा नेकपा (एमाले) बाट ६ जना र नेपाली कांग्रेसबाट २ जना छन । 


एमालेका मन्त्रीहरुः


दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार मन्त्री


जयराम थापा – श्रम तथा रोजगार मन्त्री


भरतबहादुर केसी – वन तथा वातावरण मन्त्री


मधुसुदन पौडेल – कृषि तथा पशुपंक्षी विकास मन्त्री


विन्दु श्रेष्ठ – उद्योग मन्त्री


किरण थापा मगर – स्वास्थ्य मन्त्री


नेपाली कांग्रेसका मन्त्रीहरुः


कृष्णकुमार तामाङ – खानेपानी मन्त्री


शिवराज अधिकारी – मन्त्रालय तोक्न बाँकी


मुख्यमन्त्री बानियाँले पाँच मन्त्रालयहरू आफैंसँग राखेका छन भने बाँकी कांग्रेसले पाउने मन्त्रालयहरूमा थप नियुक्ति केही दिनभित्र हुने जनाइएको छ ।


गठबन्धनको सन्तुलन


बागमती प्रदेशसभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन्। बहुमतको आधारमा गठबन्धन बनाएर कांग्रेस नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो।


यसअघि कांग्रेस संसदीय दलका नेता रहेका बहादुर सिंह लामा तामाङ मुख्यमन्त्री थिए । 


तर, दलको नेताबाट हटेपछि उनले पदबाट राजीनामा दिएका थिए। त्यसपछि नयाँ दलका नेता चयन भएका ईन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेका हुन ।


मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको परामर्शमा बाँकी मन्त्रालयमा पनि चाँडै मन्त्री सिफारिस गर्ने तयारी गरेका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex