१५ बैशाख २०८१, शनिबार
Header

मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’ को उत्कृष्ट विधामा प्रियंका रानी छनौट


प्रकाशित: सोमवार, २१ फागुन २०८०, २०ः२० बजे 
- महानगरखबर

काठमाडौं । मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट भएकी छिन । 


भारतमा जारी मिस वल्र्डको सोमबार भएको यो विधाको प्रतिस्पर्धामा सेमिफाइनलिस्ट घोषित भएसँगै नेपालले आफू दाबेदार रहेको सन्देश दिएको छ ।


उत्कृष्ट १० मा नेपालसहित बोत्स्वाना, ब्राजिल, चेक रिपब्लिक, इण्डोनेसिया, तान्जानिया, ट्रिनिडाड एण्ड टोबागो, टर्की, युगाण्डा र युक्रेन पनि छनोट भएका छन ।

 


शनिबार मुम्बईमा मिस वल्ड फिनाले आयोजना हुँदैछ । सो क्रममा सबै विधाको विजेता घोषणा हुनेछ ।


मिस नेपाल वल्र्ड २०२२ प्रियंकाले यस विधामा चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित अपरदाङगढीमा केन्द्रीय विद्युत प्रसारण लाइन र्पुयाउन पहल गरेकी थिइन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD