२४ बैशाख २०८१, सोमबार
Header

मिस यूनिभर्सको लागि नेपालबाट मनिता देवकोटाले प्रतिनिधित्व गर्दै


प्रकाशित: शुक्रवार, २८ मंसिर २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । मिस युनिभर्सको लागि नेपालबाट मनिता देवकोटाले प्रतिनिधित्व गर्दैछिन । 


थाइल्यान्डको बैंककमा आयोजना हुने ६७ औं मिस यूनिभर्स प्रतियोगिताको अहिले प्रतियोगिताका प्रि–इभेन्टहरुमा मनिता सहभागी भईरहेका छन । 


गोरखाकी मनिता मिस नेपालमा सकेण्ड रनरअप भएपछि उनी मिस यूनिभर्सको लागि छनौट भएकी हुन । नेपाली भन्दा अग्रेजी राम्ररी बोल्न सक्ने उनी अमेरिकामा बस्छिन् ।  


मनिताले मिस युनिभर्सको लागि गरेको एक इभेन्ट युट्यूबमा अपलोड गरेको छ । ‘अराउन्ड द वल्र्ड विथ मिस युनिभर्स’ भिडियोमा मनितालाई विशेष रुपमा देखाएको छ । मनिताले भिडियोमा ललितपुरको पाटन दरवार स्क्वायर र काठमाडौंको एउटा नेवारी रेस्टुरेन्टको झलक देखाएकी छन ।


मिस यूनिभर्स अन्तरगत एक महत्वपूर्ण इभेन्टका रुपमा लिइने ‘द नेसनल कस्ट्यूम’ मनिताले ‘देवी अवलोकितेश्वर’ को अवतारमा प्रस्तुत भएकी थिइन ,जसमा उनका १२ हात देखिएका थिए । देवी अवलोकितेश्वर शक्ति, क्षमाशीलता, शान्ति र सौन्दर्यकी प्रतिमूर्ति मानिन्छिन, जसले प्राचीन बुद्ध र भावी बुद्धको आगमनबीचको समयमा विश्वलाई निर्देशित गर्ने बताइन्छ ।


१७ डिसेम्बरमा फाईनल हुने यस मिस यूनिभर्समा ९४ देशका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन ।  उनीहरुमध्येबाट अन्तरवार्ता र प्रि–इभेन्टहरुमार्फत फाइनल राउन्डभन्दा अगावै टप २० को छनोट गरिन्छ । 


टप २० मा पाँच जना युरोपबाट पाँच अमेरिकाबाट, पाँच अफ्रिका–एसिया अफ्रिकाबाट हुनेछन । एसिया र अफ्रिकालाई टप २० मा संयुक्त रुपमा पाँच वटा कोटा दिइएकाले मनिताले कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ  । पाँच जना भने वाइल्ड कार्डबाट छानिनेछन, जो कुनै पनि महादेशका हुन सक्छन ।


सेमिफाइनलिस्टहरुलाई निर्णायक र दर्शकहरुका अगाडि ओपनिङ स्टेटमेन्ट दिन लगाइन्छ, जुन १५ सेकेन्डको मात्रै हुनुपर्छ । त्यसपछि निर्णायकहरुले टप १० को छनोट गर्छन र १० जना फालिन्छन ।


टप १० मा पुगेकाहरुले स्वीमसुट र इभिनिङ गाउन कम्पिटिसनमा भाग लिनेछन । त्यसबाट निर्णायकहरुले टप ५ को छनोट गर्छन ।


टप ५ मा पुगेकाहरुले निर्णायकहरुबाट प्रश्नको सामना गर्नुपर्छ र उत्कृष्ट उत्तर दिनेहरु टप ३ मा छानिन्छन । उनीहरु मध्ये निर्णायकले एक जनालाई मिस यूनिभर्स २०१८ घोषणा गर्छन र बाँकी दुई जना फस्र्ट रनर अप र सेकेन्ड रनरअपका रुपमा रहन्छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD