२४ बैशाख २०८१, सोमबार
Header

मिस म्याग्दीको उपाधि छन्त्याललाई


प्रकाशित: आईतबार, २२ पुष २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । मिस म्याग्दीको उपाधि हेना खड्का छन्त्यालले जितेकी छिन । 


किङ्ग क्रियशनले आयोजना गरेको ‘मिस्टर एण्ड मिस मोडल अफ म्याग्दी’ सौन्दर्य प्रतियोगिताको म्याग्दीको बेनीमा शनिबार भएको फाइनलमा छन्त्यालले सो उपाधि हासिल गरेकी हिन । 


बिजेता विजेता छन्त्यालले आयोजकबाट रु ५० हजार नगदसहित ताज र प्रमाणपत्र प्राप्त गरिन । 


३२ प्रतिस्पर्धीलाई पछि पार्दै १४ वर्षीया छन्त्यालले मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको उपाधि र ताज पहिरिएकी हुन ।


त्यसैगरी कालीपुलकी सोनिया पुन फस्ट रनरअफ भएकी छिन । उनलाई म्युजिक भिडियोमा अभिनयको अवसर दिइने आयोजक किङ्ग क्रियशनका सुमन खड्काले बताए । 


३२ प्रतिस्पर्धीहरु मध्ये तीन जना युवा र १२ जना युवती अन्तिम १५ मा छनोट भएका थिए । 


उपाधि विजेता छन्त्याल बेनीको माउन्ट एभरेष्ट आवासीय माविको कक्षा ८ मा अध्ययनरत छिन । मोडलिङमा रुचि राख्ने छन्त्यालले आफ्नो कलामार्फत जन्मभूमि र देशलाई चिनाउन योगदान गर्ने बताइन । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD