१५ बैशाख २०८१, शनिबार
Header

मिस पोखरा – २०१८ को उपाधि सारा बजिमयलाई


प्रकाशित: सोमबार, २२ असोज २०७५, २१ः०० बजे
- रवि महर्जन

काठमाडौं । मिस पोखरा – २०१८ को उपाधि यस बर्ष सारा बजिमयले जितिन । 


गत शनिवार आसोज २० गते पोखराको सिटी हलमा आयोजित कार्यक्रममा १७ जना प्रतिस्पर्धीलाई उछिनेर बजिमयले सो उपाधि जितेकी हुन । 


मिस पोखरा उपाधि जितेसँगै ५० हजार नगद, अष्ट्रेलिया भ्रमणको अफर प्राप्त गरेको छिन भने मिस नेपाल प्रतियोगितमा भाग लिन पाउने छन । 


त्यसैगरी, फस्ट रनर अफको उपाधि सुजिता केसी जितेकी छिन । उनले ३० हजार नगदर र विभिन्न अपरहरु प्राप्त गरेको अयोजकले जनाएको छ । 


सेकेण्ड रनर अपको उपाधि मिनाश्री शर्माको उपाधि प्राप्त गरिन । उनले पनि २० हजार नगदर अन्य आकर्षक पुरस्कारहरु जितेकी छिन । 


पोखरा जेसिको अयोजनामा भएको सो कार्यक्रममा कोसेली हेल्थ तेलको प्रस्तुती रहेको थियो । सो प्रतियोगितमा सहभागीहरुले विभिन्न टाइटल पुरस्कारहरु पनि जितेका छन । 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD