काठमाडौं । नेवाः सांस्कृति, भाषा, भेषभुषाको संरक्षण तथा नेवा युवाहरुको प्रतिभा विकास गर्ने उदेश्यले तेस्रो संस्करणको ‘मिस नेवाः २०७६’ हुने भएको छ ।
विराटनगरमा हुने मिस नेवाःको तयारी पुरा भएको बुधवार मञ्जिला मुभिज क्रिएसनले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारले तेस्रो संस्करणको विजेताले स्कुटी प्राप्त गर्ने र अन्य विजेतालाई आकर्षक उपहारसमेत प्रदान गरिने बताए ।
प्रतियोगिताका सहभागीलाई एवं विजेतालाई रु पाँच लाख बराबरको बीमा, म्युजिक भिडियोमा अभिनयलगायतका पुरस्कारसमेत प्रदान गरिनेछ ।
आगामी शनिबारदेखि विराटनगरबाट नामाङ्कन शुरु गर्ने तथा धरानमा वैशाख १४ र दमकमा वैशाख २१ गते अडिसन हुने निर्देशक ताम्राकारले जानकारी दिए ।
विभिन्न चरणको छनोट कार्यक्रममा राष्ट्रिय कलाकार, पत्रकार, साहित्यकारलगायतका समाजका प्रतिष्ठित व्यक्तिले निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । यसअघि पहिलो संस्करणमा रैशा श्रेष्ठ र दोस्रो संस्करणमा सुधा श्रेष्ठ विजेता हुनुभएको थियो ।
Categorized in सौन्दर्य