७ बैशाख २०८१, शुक्रबार
Header

मिस नेवाः कृषालाई महानगर प्रवक्ताको बधाई


प्रकाशित: शुक्रवार, २१ फागुन २०७७, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । मिस नेवाः ११४१ कृषा महर्जनलाई काठमाडौं महानगरपालिका प्रवक्ता एंव १५ वडा अध्यक्ष ईश्वरमान डंगोलले बधाई दिएका छन ।


मिस नेवाः कृषालाई प्रवक्ता डंगोलले वडाको तर्फबाट ‘माया चिनो ट्रफी’ दिँदै बधाई दिएको थियो । उनको उज्जवल भविष्य र सफलताको कामना दिदै डंगोले मायाको चिनो उपहार दिएका हुन । 


कामपा १५ वडा डल्लु निवासी केहि दिन भएको मिस नेवाः ११४१ को प्रतियोगितमा १४ प्रतिस्पर्धीलाई उछिन्दै मिस नेवाःको ताज पहेरिकी थिईन । 

 


नेप्लिज फेसन होमको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको ग्रान्ड फिनालेमा ताजसहित एक लाख रुपैयाँ नगद पुरस्कार समेत प्राप्त गरेकी छिन ।  


सो प्रतियोगितामा ललितपुरकी प्रिया तण्डुकार मिस नेवाः नेपाल फस्ट रनरअप र कलंकी काठमाडौंकी कृष्टिना महर्जन मिस नेवाः नेपाल सेकेन्ड रनर अप चुनिए । 


उनीहरूले पनि नगद पुरस्कार स्वरुप क्रमशः २५ हजार र १५ हजार नगद प्राप्त गरे ।  त्यसैगरी प्रियाले मिस पब्लिक च्वाइस र कृष्टिनाले मिस चार्मिङको उपाधि पनि आफ्नो पोल्टमा पारिकन । 


नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जीवन्त राख्न १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD