१६ बैशाख २०८१, आइतबार
Header

मिस नेपाल २०२४ को लागि आवेदन खुला 


प्रकाशित: बुधवार, १४ चैत्र २०८०, २०ः१० बजे
- महानगरखबर

काठमाडौं । द हिडेन ट्रेजरले मिस नेपाल २०२४ को लागि आवेदन खुला गरेको छ । 


बुधवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा यस वर्षको संस्करणको घोषणा गरेको हो । २०८१ जेठ १ गते सम्म इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछ । 


मिस नेपालको संस्करणमा भाग लिन ५ फिट ३ इन्च उचाइ भएका तथा १८ देखि २७ वर्ष उमेर समूहका अविवाहित नेपाली युवतीले निशुःक आवेदन दिन सक्ने जनाइएको छ ।

 
ग्राण्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ । 


अन्तिम अडिसन मे १८ मा हुने जनाइएको छ । इच्छुकले मिस नेपालको वेबसाइट र एपमार्फत आवेदन दिन सक्ने छन । यस वर्ष पनि मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल विधामा प्रतिस्पर्धा हुनेछ ।

 
प्रतियोगितको लागि चितवन, भैरहवा, नेपालगञ्ज, सुर्खेत र काठमाडौंमा अडिसन आयोजना हुने भएको छ । 


कार्यक्रममा मिस नेपाल वल्र्ड २०२२ प्रियंकारानी जोशी, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धि शाह र मिस नेपाल अर्थ २०२३ रेना मजगैयाँले गत वर्षको अनुभव सुनाएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD