५ जेठ २०८२, आइतबार
Header

मिस नेपाल सृच्छा प्रधान मिस वर्ल्डमा भाग लिन भारत प्रस्थान


प्रकाशित: विहिवार, २५ बैशाख २०८२, ०९ः५० बजे
- महानगरखबर

काठमाडौं । मिस नेपाल सृच्छा ७२ औं मिस वर्ल्डमा सहभागी हुन भारत प्रस्थान गरेकी छिन ।


बुधबार मिस नेपाल आयोजक द हिडन ट्रेजरका पदाधिकारीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे ।


भारतको तेलांगानाको हैदराबादमा ७ देखि ३१ मेसम्म मिस वल्र्ड आयोजना हुँदैछ । सृच्छाले जितको लागि आफूले उत्कृष्ट प्रयास गर्ने बताइन ।

 
सन २०२३ मा मिस नेपालको उपाधि जितेकी सृच्छा झण्डै २ वर्षपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जान लागेकी हुन । 


जलवायु अभियन्ता समेत रहेकी सृच्छाले वातावरण संरक्षणको सन्देश दिने ‘पञ्च प्रणाली’ परियोजनालाई मिस वर्ल्डमा प्रस्तुत गर्ने भएकी छिन ।

 
यसवर्ष १०९ जना प्रतिस्पर्धीले मिस वल्र्डमा प्रतिस्पर्धा गर्ने जनाइएको छ । फिनाले चाहिँ ३१ मेमा आयोजना हुनेछ । 

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex