१६ बैशाख २०८१, आइतबार
Header

मिस नेपाल विजेताहरुले सम्पदा घुम्ती बस चढेर सम्पदाहरुको यात्रा गरे 


प्रकाशित: आईतवार, २८ जेठ २०८०, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । मिस नेपाल २०२३ का विजेताहरुले साझाको सम्पदा बस चढेर सम्पदा यात्रा गरेका छन । 


शनिवार साझाको  ‘हप अन हप अफ’ बसमा चढेर उनीहरुले काठमाडौं उपत्यका सम्पदाहरुको यात्रा गरेका हुन ।  


ललितपुरबाट सुरु गरिएको यात्रामा मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, मिस नेपाल अर्थ २०२३ रेना मजगैया, मिस नेपाल इन्टरनेसनल २०२३ प्रसिद्धी शाह र मिस नेपाल अर्थ २०२२ डा। सरिशा श्रेष्ठ सहभागी थिए ।


उनीहरले काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले सुरु भएको सम्पदा घुम्ती बस सेवामार्फत उनीहरुले नारायणहिटी, पशुपतिनाथ, बौद्ध र स्वयम्भुको भ्रमण गरेका हुन ।


नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा पाटन दरबार स्क्वायर, काठमाडौंमा दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने गरी गत ९ जेठदेखि सम्पदा घुम्ती बस सेवा परीक्षणका रुपमा सञ्चालनमा ल्याएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD