काठमाडौं । मिस नेपाल वर्ल्ड २०२४ को बिजेताको उपाधि आस्माकुमारी केसीले जितेकी छन ।
शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल २०२३ सृच्छा प्रधानले मिस नेपालको ताज लगाइदिइन ।
मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन भने मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले पाइन ।
सोसल वर्कमा स्नातक अध्ययनरत २६ वर्षिया मिस नेपाल वल्र्ड आस्मा काठमाडौं निवासी हुन । उनको उचाई ५ फिट ५ इन्च छ ।
उक्त उपाधिको लागि २६ जना सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
द हिडन ट्रेजरको आयोजना भएको समारोहमा पूर्व मिस नेपालहरुको उपस्थिती थियो । मिस माल्टाको टोलीसहित जापानबाट आएका मिस इन्टरनेसनलका कार्यकारी निर्देशक पनि फिनालेमा सहभागि थिए ।
Categorized in सौन्दर्य