काठमाडौं । मिस नेपाल प्रियंकारानी जोशीले वनसम्बन्धी राष्ट्रसंघीय फोरमको अठारौं सत्रमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन ।
उनले विहिवार सो सभामा नेपालको प्रतिनिधित्व गरी भाग लिन पाएकोमा खुसी व्यक्त गरेकी छिन ।
यो सत्रमा आफूले जलवायु संकटले वन र पर्यावरणमा पारेको असरको कुरा गर्ने बताएकी छिन ।
अहिले उनी विश्वसुन्दरी प्रतियोगिता मिस वल्र्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि दाता जुटाउन अमेरिका पुगेकी छिन ।
Categorized in सौन्दर्य