७ बैशाख २०८१, शुक्रबार
Header

मिस नेपाल– २०२३ को लागि चैत्र १ गतेबाट आवेदन खुला


प्रकाशित: विहिवार, १९ माघ २०७९, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । मिस नेपाल–२०२३ को आवेदन खुला भएको छ । 


मिस नेपालमा सहभागी हुन ईच्छुकले आगामी चैत्र १ गतेबाट आवदेन दिन सक्ने द हिडन ट्रेजरले जानकारी दिएको छ ।


द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो । 


जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुनेछ ।


५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने भएका छन । 


यस वर्ष पनि मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलका विजेता चुनिनेछन । 


सातै प्रदेशमा अडिसन हुने र त्यहाँका प्रतिस्पर्धीलाई समेट्ने तयारी समेत छ । 


काठमाडौंको अडिसन मार्च १८ मा हुने भएको छ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD