१३ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मिस नवलपरासी स्टार सिजन–२ को उपाधि दीक्षालाई


प्रकाशित: मंगलवार, २४ पुष २०७५, २१ः०९ बजे
- महानगरखबर

काठमाडौं । मिस नवलपरासी स्टार सिजन– २ को उपाधी दीक्षा सुनारले जितेकी छिन् । 


पश्चिम नवलपरासीमा सञ्चालन गरिएको सो प्रतियोगितामा सुनवलकी १८ बर्षिया दीक्षाले उपाधि जितेको अयोजक संस्था पिच बुलमले जनाएको छ । 


कक्षा १२ मा अध्ययनरत दीक्षालाई स्टार सिजन १ की विजेता प्रनिशा श्रेष्ठले ताज पहिराएकी थिईन । विजयी दीक्षाले यस प्रतियोगिताले नेतृत्व र आत्मविश्वास बढेको भन्दै मोडलिङ र समाजसेवामार्फत राष्ट्रका लागि योगदान गर्ने बताएकी छिन । 


प्रतियोगितामा फस्ट रनरअप सुनवल रमवापुरकै १८ वर्षीया निशा सुनार, सेकेण्ड रनरअप सुनवल आसामवासीकी रश्मी तिमिल्सिना भएकी छिन । 


त्यसैगरी भिवर च्वाइस भूमहीकी १७ वर्षीया सुरक्षा पराजुली, अर्गनाइजर च्वाइस परासीकी १९ वर्षीया वर्षा कार्की क्षेत्री, मिस फोटोजेनिक सुनवल हर्दियाकी २६ वर्षीया रुपा गुरुङले जितेकी छिन भने मोस्ट डिसिपिलिन बर्दघाटकी १७ वर्षीया सभ्यता नेपाली र मोस्ट डाइनामिक बडेराकी १९ वर्षीय निलम सापकोटाले हात पार्न सफल भएका आयोजक संस्थाका संयोजक देव रानाले जानकारी दिए । 


गत मङ्सिर १६ देखि १८ गतेसम्म जिल्लाका सुनवल, बर्दघाट र परासीमा अडिसन गरी आठ जनालाई अन्तिम प्रतिस्पर्धामा छनोट गरिएको थियो । 


प्रतियोेगिताको प्रमुख निर्णायकमा दुर्गा गुरुङ रहेकी थिईन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex