२४ बैशाख २०८१, सोमबार
Header

मिस तामाङको उपाधि कुसुमलाई


प्रकाशित: आईतबार, १३ माघ २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । मिस ‘तामाङ सुन्दरी पोखरा’ को उपाधि पोखरा बिरौटाकी कुसुम तामाङले जितेकी छिन । 


सो प्रतिगिताको प्रमुख निर्णायक पाईलट विजय लामाले मिस तामाङ कुसुमलाई पुरस्कार स्वरुप रु ५० हजार, ताज, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।


उनले यो सँगै म्यूजिक भिडियोमा पनि अवसर प्राप्त गर्ने भएकी छिन । 


मिस तामाङ कुसुमलाई पाईलट लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाति, भाषा, धर्म, संस्कृति छन विशाल’ ले के पुष्टि गर्छ भन्ने प्रश्नको उत्तर सोधेका थिए । 


सो उत्तरको जवाफबाट नै उनली सो उपाधि जितेकी हुन । 


त्यसैगरी नालामुखकी प्रीति तामाङले उत्कृष्ट आत्मविश्वासी उपाधिसँगै ‘फस्ट रनरअप’ भएर रु ३० हजार सहित ताज, ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने रामेछापकी सजना वाइवा उत्कृष्ट प्रतिभा उपाधिसँगै ‘सेकेण्ड रनरअप’ बन्न सफल भए । उनले पनि रु २० हजार, ताज, ट्रफी र प्रमाणपत्र हात पारे । 


पोखरा लामागाउँकी श्वेता पाख्रिनले लोकप्रिय उपाधिसँगै ‘भ्युवर्स च्वाइस अवार्ड’(दर्शक छनोट सम्मान) वापत रु १५ हजार पुरस्कार प्राप्त गरे ।


बैदाम तामाङ समाज पोखराको आयोजनामा दुुई लाख ८५५ औँ सोनाम ल्होसारका अवसरमा सो प्रतियोगिताको आयोजना गरिएको थियो । ल्होसार सङ्गीत उत्सव तथा तामाङ सुन्दरीका निर्णायकमा कलाकार तथा पाईलट विजय लामा, नेपालका पहिलो अन्तरराष्ट्रिय मोडल कोरियोग्राफर प्रशान्त ताम्राकार, पोखरा विश्वविद्यालयका सहप्र्रशासकीय अधिकृत रजनी केसी, तामाङ सुन्दरीका संयोजक रञ्जिता लामा र गायक–सङ्गीतकार श्यामसुङ तामाङको उपस्थिती रहेको थियो । 


प्रतियोगितामा देशभरबाट तामाङ समुदायका १४ युवती सहभागी थिए । 

 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD