५ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मिसेस टुरिजम २०१९ को उपाधि छिरिङ डोल्मालाई


प्रकाशित: मंगलवार, २२ माघ २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । पर्यटक प्रर्वद्धन गर्ने उदेश्यले राजधानीमा आयेजित विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता मिसेस टुरिजम २०१९ भर्खरै सम्मपन्न भएको छ ।


सो प्रतियोगितामा मिसेस नेपाल टुरिजम–२०१९ को उपाधि छिरिङ डोल्मा शेर्पाले जित्न सफल भएकी छिन ।


स्टार वन इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा छिरिङले शीर्षसहित बेस्ट हेयरको पनि उपाधि जितेकी छिन । 


प्रतियोगितामा संगीता खड्का पौडेलले मस्ट ट्यालेन्टसहित फस्ट रनरअप, इन्दिरा लामिछाने बेस्ट पर्सनालिटीसहित सेकेन्ड रनरअप घोषित भइन । 


त्यसैगरी, मुक्ता सेडाईंले बेस्ट स्किनसहित थर्ड रनरअप, संगीता गौतम पब्लिक च्वाइसका साथमा भिवर्स च्वाइस र फेसबुक च्वाइस भइन भने रोशनी अयर युट्युब बेस्ट भ्युज र मस्ट फोटोजेनिक घोषित भइन । 


नम्रता लामिछानेले बेस्ट र्‍यामवाक, सबिता थापा गिरीले बेस्ट कन्जिनियलिटी, कर्सन राईले मस्ट गर्जियस र समीक्षा लामिछानेले मिसेस ब्युटिफुलको उपाधि प्राप्त गरे । 


मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रम कोरियोग्राफर अश्विनी झाले सञ्चालन गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex