२४ बैशाख २०८१, सोमबार
Header

मिनरल वाटरको बोतलमा किरा भेटाएपछि महानगरले तिरायो एक लाख जरिवाना


प्रकाशित: सोमवार, ११ मंसिर २०८०, १८ः४५ बजे
- महानगरखबर

काठमाडौं । मिनरल वाटरको बोतलमा किरा भेटाएपछि काठमाडौं महानगरपालिकाले ए एण्ड बी वेभरेज प्रालिलाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।


नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि महानगरले कार्वाही स्वरुप सो जरिवाना गरेको हो । 


क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनी विरूद्ध काठमाडौं महानगरमा उजुरी दिएको थियो ।


बजार अनुगमन समितिकी निरीक्षण अधिकृत डा. पूजा खनालका अनुसार उजरीपछि बोतल सहित चेकजाँच गर्दा माकुरा भेटेपछि महानगरको अनुगमन समितिले कारबाही गरेको हो । 


कागेश्वरी मनोहरा नगरपालिका–६ को ठेगाना रहेको एएण्डबी वेभरेज प्रालिलाई महानगरले सोमवार एक पत्र लेखि सो लटमा बजारमा आएका सम्पूर्ण नष्ट गरेर मात्र शुद्धता कायम गरी विक्री गर्न निर्देशन दिएको छ ।

 


‘उक्त सिलप्याक बोतलमा माकुरो पाईएकोले आजैको मितिबाट उक्त लटको बजारमा भईसकेको र हाल कम्पनीमा मौज्दात अवस्थामा रहेको सम्पूर्ण पानीको जार र मिनरल बोतलको पानी नष्ट गरेपछि मात्र विक्री वितरण गर्न यो निर्देशन आदेश अनुसार जारी गरिएको छ ।’ जारी पत्रमा उल्लेख छ । 


साथै महानगरले फेरि सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD