काठमाडौं । बागमति प्रदेशका प्रदेशसभा सदस्य मिनकृष्ण महर्जन युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका छन ।
मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको १४ सदस्यीय मन्त्रीमण्डलमा महर्जन मन्त्री बनेका हुन ।
कांग्रेसका मिनकृष्ण महर्जन, प्राभात तामाङ, सुरेशचन्द्र लामिछाने, विमल ठकुरी लिने भएका हुन । कांग्रेसका सात र एमालेका ६ जना मन्त्री उक्त मन्त्री मण्डलमा रहेका छन ।
कांग्रेसबाट महर्जन युवा तथा खेलकुद, प्राभात तामाङ तामाङ आर्थिक मामिला तथा योजना मन्त्री, सुरेशचन्द्र लामिछाने आन्तरिक मामिला तथा कानुन, विमल ठकुरीले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन ।
त्यसैगरी, कुन्दनराज काफ्लेले सामाजिक विकास, श्यामबहादुर खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रीमा नियुक्त भएको छ ।
एमालेका ६ जना मन्त्रीहरुमा प्रकाश श्रेष्ठले कृषि तथा पशुपक्षी, अमनकुमार मास्केले भौतिक पूर्वाधार विकास, प्रेमभक्त महर्जनले श्रम, रोजगार तथा यातायात, कृष्णप्रसाद सिलवालले वन तथा वातावरण, किरण थापा मगर स्वास्थ्य मन्त्री र शुक्रमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन ।
Categorized in राष्ट्रिय