काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यले एक अनलाईनसँगको अन्तरर्वातामा मिडिया आफूविरुद्ध उभिएको वताएको छ ।
यही बैशाख ३१ गते मयेर निर्वाचित भएको १ बर्ष पुग्न लागेको सन्दर्भमा भएको कुराकानीमा सो कुरा वताएको हो । मेयर शाक्यले मिडियाले यथार्थ धरातल बुझ्नै नचाएको वताएका छन् ।
शाक्यले केही मिडियाको इन्टेन्सन होला, ठूला मिडियाको पनि मिसन होला । तर सबैको होइन । घरबहाल कर स्थानीय तहको अधिकार हो भन्दा कुनै पनि मिडियाले सही निर्णय हो भनेनन् । सबैले गाली गरे, लोभी—पापी भनेर समाचार लेखे ।
तर, अहिले आएर क्याबिनेटले घरबाहल स्थानीयतहको अधिकार हो भनेर निर्णय गरयो मिडिया पोजिटिभ भएन सामाचार लेख्न कन्जुस्याइँ गरयो । महानगरमा आउने राजश्व मेयरको खातामा होईन राज्यको खाातमा जाने हो । सविधानमा स्पष्ट लेखेको कुरा बोल्दा पनि महानगरले यसो गर्यो, उसो गरियो भनेर लेखियो ।
केही—केही मिडिया हामीविरुद्ध लागे । (सामाखुसी) कुनै ठाउँमा एउटा बच्चा डुब्यो । हिजो पनि त्यहाँ ढलहरु खुला थिए । त्यहाँ मान्छेहरु डुबे तर, महानगरको दोष भनेर लेखिदिए ।
अहिले पनि महानगरको सोच भनेको हरेक ठाउँमा शौचालय हुनुपर्छ, कोही पनि पब्लिकले सजिलैसँग शौचालय जान पाउनुपर्छ । रानीपोखरी हामीले बनाउँछौं भन्दा मिलेमतोमा आन्दोलन भयो । भगवान बुद्धलाई मार्न आए जस्तै मलाई मार्न आए ।
हामीले रानीपोखरी पुनर्निर्माण गर्दा शान्तिबाटिकामा ट्वाइलेट बनाउन खोज्यौं, मिडियाले रानीपोखरीमा ट्वाइलेट बनाउन लाग्यो भनेर लेखे । अनि कसले हुन्छ भन्छन् त ।
Categorized in राष्ट्रिय