३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

मिटु आन्दोलनबारे छलफल गर्दै मनाइयो विश्व मानवशास्त्र दिवस


प्रकाशित: शुक्रवार, १० फागुन २०७५, ०८ः१० बजे
- आभाष राजोउपाध्याया

काठमाडौं । विश्व मानवशास्त्र दिवसको अवसरमा विहिवार काठमाडौँको घण्टाघरस्थित त्रि–चन्द्र क्याम्पसमा सामाजिक सञ्जालमार्पmत् भाइरल बनेको मिटु आन्दोलनबारे छलफल गरिएको छ । 


मिटु आन्दोलनलाई मानवशास्त्र शिक्षकत्रय डा. जनक राई, मिठु रेग्मी र अनिता कसजु श्रेष्ठले केलाएका थिए । त्रिभुवन विश्वविद्यालयअन्गर्तत मानवशास्त्रीय केन्द्रिय विभागका सह–प्राध्यापक डा. जनक राईले अमेरिकाबाट सुरु भएको यस मिटु आन्दोलनको राजनीतिक परिवर्तनको परिवेशमा हेरिनुपर्ने बताउनुभयो । 


नेपालमा पनि यस मिटु आन्दोलनको प्रभाव रहेको बताउँदै उहाँले यस आन्दोलनले व्यक्ति वा वर्गविशेषलाई मात्र समेटियो वा समेटिएन भन्नु भन्दा यसले उठाएको गहन र साझा मुद्दातर्पm इङ्गित गर्नुभयो ।


त्रि–चन्द्र क्याम्पसका मानवशास्त्र शिक्षक मिठु रेग्मीले यस आन्दोलनले उत्पीडितहरूबीच एकजुटता देखाउने बताउनुभयो । अनिता कसजु श्रेष्ठले यस आन्दोलनको पृष्ठभूमिबारे जानकारी दिनुहुँदै यससँगै बालबालिकाहरूलाई यौन हिंसा वा उत्पीडन, आत्मरक्षा तालिम आदि भइरहेको पनि यसै मिटु आन्दोलनसँग जोडेर हेर्न मिल्ने बताउनुभयो । 


मिटु आन्दोलनमा महिलाहरूले विशेषतः यौन उत्पीडन भोगेका कथाहरू सामाजिक सञ्जालमार्पmत् प्रस्तुत गर्दै आएका छन् । हलिउडदेखि बलिउडसम्ममा र राजनीति, पत्रकारिता, डाक्टर लगायत विविध पेशागत क्षेत्रहरूका स्थापित नामहरू पनि यस मिटु आन्दोलनमा मुछिदै आएका छन् । 


यस अघि उद्घाटन सत्रमा त्रि–चन्द्र क्याम्पसमा मानवशास्त्रको कार्यक्रम संयोजक अनुप राईले स्वागत मन्तव्य राख्नुभएको थियो । 


त्यसैगरी, यस कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रिय विभागका प्रमुख डा. डम्बर चेम्जोङ्ग र डा. सीता सिवाकोटी (ओली)ले पनि मानवशास्त्र विषयको महत्व, नेपालको यसको अवस्था र भावी बाटोबारे प्रकाश पार्नुभएको थियो ।  


सोही कार्यक्रममा मानवशास्त्री अनुसन्धाताहरू डा. मुक्त तामाङ्ग, डा. खड्ग नारायण श्रेष्ठ, डा. सचिन घिमिरे, गौरव के.सी., आभास धरानन्द राजोपाध्याय र सहदेव गौतमले आ–आफ्ना प्रस्तुतिहरू दिनुभएको थियो । 


अमेरिकी मानवशास्त्री महासंघले प्रत्येक वर्ष फेब्रुवरीको तेस्रो बिहीबार मानवशास्त्र दिवस मनाउने गर्दछ । महासंघका अनुसार मानवशास्त्रीहरूले यस विषयको उत्सव गर्दै आपूm वरपरको विश्वमाझ प्रचार गर्न यो दिवस मनाइएको हो । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex