५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

मिटरब्याज पीडितले प्रधानमन्त्री दाहाललाई के भने ?


प्रकाशित: शनिवार, १८ मंसिर २०७९, १६ः४० बजे
- महानगरखबर

काठमाडौं । मिटरव्याज पीडितहरुले प्रधानमन्त्री पुुष्पकमल दाहाललाई भेटेका छन । 


शनिवार उनीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रम दाहाललाई आफ्नो पीडा सुनाउँदै न्याय मागेका थिए ।


काठमाडौंमा न्यायका लागि १७ दिनदेखि संघर्षरत मिटरब्याज पीडितहरुले साहुकार मिटरव्याज पीडकहरुले कसरी दुःख पीडा दिने गरेको कुरा रुँदै सुनाएका थिए ।

 


आफ्नो पीडा सुनाउने क्रममै सिरहा मिर्चैयाकी बालिका गरिमा राईले २ लाख रुपियाँको ब्याज ३५ लाख तिरिसकेका तर पनि पीडकले आफूहरुलाई अझ दुःख दिईरहेको बताईन । 


एक महिलालाले रुँदै प्रधानमन्त्री दाहाललाई भने,‘ मैले १० लिएको रकमबाट २७ लाख रुपियाँ तिरिसके तर पनि उनीहरुले दुःख दिईरहेको छ, मेरो जमिन उनीहरुसँग छ ।’


उनीहरुलो पीडकहरुले आफनै घरबाट निकाल्दिने, जेल हालिदेनि, पक्राउ पुर्जी ल्याएर दुःख दिने, मानिसहरु घरबाट भागिरहेको अवस्था छ, कुटपिट गर्ने, मार्ने धाक धम्की दिने जस्ता दुःख दिइरेको सुुनाए ।


प्रधानमन्त्री दाहाललले उनीहरुको कुरा सुनेपछि मिटिरब्याज पीडितहरुको समस्या सामाधान गर्न आफूले एक उच्च स्तरीय आयोग गठन गरिसककोले सो आयोगले फास्ट ट्रयाकमा काम गर्ने बताए । 


अव यो समस्या ऐन बनाएर पीडकहरुलाई कार्वाही गरिने भएकोले ऐन ड्राफ्ट बनेको सकेको यसलाई पारित गरि पीडकहरुलाई कार्वाही गर्ने प्रधानमन्त्री दाहालले आश्वसन दिएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex