२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

मिटरब्याजी पीडित माथि प्रहरी दमनको विरोधमा नागरिक आन्दोलनले मार्चपास गर्ने


प्रकाशित: मंगलवार, ५ बैशाख २०८०, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । बहृत नागरिक आन्दोलनले मिटरब्याजी पीडितमाथि भएको प्रहरी दमन विरुद्ध ‘मानव अधिकार मार्च पास’ गर्ने भएको छ । 


आन्दोलनले बुधवार अपरान्ह ३ बजे शान्तिबाटिकाबाट मार्च पास सुरु गरेर संसद भवनसम्म पुुग्ने जनाएको छ । 


मंगलवार नागरिक आन्दोलने एक विज्ञप्तजी जारी बैशाख ४ गते सोमवार शान्तिबाटिकामा मिटरब्याज पीडितहरुमाथि प्रहरीले गरेको अनावश्यक दमन, कुटपिट तथा नियन्त्रमा लिएर गरिएको यातनाको चर्को विरोध गरेको छ । 


‘शान्तिवाटिकाबाट समातिएका पीडितहरूलाई प्रहरीले महेन्द्र पुलिस क्लबभित्र लगेर थप कुटपिट मात्र गरेन, उपचार गर्नुपर्ने बिरामीलाई दिनभरि हिरासतमा थुन्ने कार्य समेत गरयो । यो घटना गम्भीर मानव–अधिकारको हनन हो । यसरी मानव–अधिकार उलङ्घन गर्ने दोषीहरूको छानबिन गरी कारबाही गर्न जोड्दार माग गर्दछौं  ।’ जारी विज्ञप्तीमा उल्लेख छ । 


सरकार, दलहरुलगायत सबैलाई जिम्मेवार बन्न गर्न समेत भनिएको छ । मार्चपासमा आम नगरिकको सहभागिताको लागि पनि अनुरोध गरिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex