१५ बैशाख २०८१, शनिबार
Header

मास्क विना कीर्तिपुर नगरपालिकामा प्रवेश निषेध


प्रकाशित: आईतवार, २० भाद्र २०७८, २०ः५० बजे
- महानगरखवर

काठमाडौं । कीर्तिपुर नगरपालिकामा ‘मास्क बिना प्रवेश निषेध’ गरिएको छ । 


नगरपालिकाले कोरोना भाईरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनुपर्ने अभियान सञ्चालन गरेको बताएको छ ।  महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु गरेको हो । 


आईतबार बिहान कीर्तिपुरमा सो अभियानको शुभारम्भ नगर प्रमुख रमेश महर्जनले गरेका थिए । प्रमुख महर्जनले मानिसहरुको भीडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने भएकाले सो अभियान संचालनमा ल्याउनु परेको बताए । 


नगरपालिकाले मास्क अभियानको लागि ‘मास्क बैंक’को पनि स्थापना गरेका छन । सक्नेले दिने र नसक्नेहरुलाई निःशुल्क रुपमा वितरण गर्न सो बैंकको स्थापना गरिएको पनि नगर प्रमुख महर्जनले जानकारी दिए । 


सो अवसरमा उपप्रमुख सरस्वती खड्काले सो अभियानलाई साथ दिएर कोरोना संकटबाट बच्न सबै नागरिकहरुलाई अपिल गरेकी छिन ।   उनले भीडभाडमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन भुल्न नहुने पनि स्पष्ट समेत पारिन ।


कार्यक्रममा युनिसेफ, लायन्स क्लव अफ काठमाडौंलगायतका सामाजिक संघसंस्थाहरुले मास्क बैंकमा मास्क उपलब्ध गराएका थिए । सो मास्क सबै वडाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD