७ जेठ २०८१, सोमबार
Header

मासु बोकेको कार्गो विमान दुर्घट्नमा १५ मृत्यु


प्रकाशित: सोमबार, ३० पुष २०७५, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । मासु बोकेको ईरानी कार्गो विमान इरानको राजधानी तेहराननजिकै दुर्घट्ना हुँदा १५ जनाको मृत्यु भएको इरानी स्टुडेन्ट न्यूज एजेन्सी (आइएसएनए) ले जनाएको छ । 


कराजस्थित फाथ विमानस्थलमा खराब मौसमका बेला अवतरणका क्रममा बोइङ ७०७ विमान धावनमार्गबाट चिप्लिएर नजिकै रहेको आवासीय क्षेत्रमा एउटा भवनमा जोतिन पुगेको एजेन्सीले बताएको छ । घटनास्थल तेहरानदेखि ४० किलोमिटर पश्चिममा पर्छ । 


काराजको पायम विमानस्थलमा अवतरण गरिनुपर्ने उक्त विमान अकस्मात फाथ विमानस्थलमा अवतरण गराइएको इरान रेड क्रिसेन्ट सोसाइटीका प्रमुख नासिर कार्खसाजलाई उद्धृत गरी आइएसएनएले जनाएको छ । 


इरानी सेनाका अनुसार विमानमा रहेका १६ जनामध्ये एक उडान इन्जिनियरलाई मात्रै जीवित अवस्थामा फेला पारिएको छ । 


उपचारका लागि उनलाई अस्पताल पु¥याइएको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार उक्त कार्गाे विमानले किर्गिजस्तानको राजधानी बिश्केकबाट मासु बोकेर उडेको थियो । 


दुर्घटनाग्रस्त कार्गो विमानको सञ्चालक अज्ञात रहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD